Like us!
Follow us!
Connect us!
Watch us!

उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न हुँदैन:चन्द्रप्रसाद ढकाल

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १४ : ४९ मा प्रकाशित

उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न हुँदैन:चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमशीलता विकास गर्नुपर्ने समयमा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने टिप्पणी गरेका छन् ।

नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य सरोकारवाला निकायद्वारा आयोजना गरिएको तेस्रो ‘स्टार्टअप नेसन २०३०’ सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

सरकारले उद्यमशीलता विकास गर्नुपर्ने समयमा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने उनको भनाइ छ ।

‘हामीकहाँ पनि यो सम्भावना छ । नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहका छन् । ती युवाहरू नेपालमा निजी क्षेत्र फस्टाउन नसक्दा रोजगारी दिन सक्ने निजी क्षेत्र भएको मध्यपूर्व र मलेसियामा काम खोज्न गएका छन् । हामीले उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न हुँदैन,’ उनले भने, ‘मलाई पूर्ण विश्वास छ, सम्माननीय प्रधानमन्त्री ज्यूले निजी क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्नु हुनेछ । उहाँले निजी क्षेत्रप्रति देखाउनु भएको सदासयताका लागि धन्यवाद पनि दिन चाहन्छु ।’

अध्यक्ष ढकालले सरकारले बजेटमा एक अर्ब २५ करोड रुपैयाँ स्टार्ट अपलाई अनुदान प्रदान गर्न छुट्याएको धन्यवाद दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको