Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ आइडिया डिजाइन गर्न समिट (फोटो फिचर)

आइतबार, १२ मंसिर २०७३, १७ : ३१ मा प्रकाशित

नयाँ आइडिया डिजाइन गर्न समिट (फोटो फिचर)

अर्थ संसार
काठमाडौं–क्लक बी बिजनेस इनोभेसन्सले ब्यवसाय गर्न नयाँ आइडियाको सिर्जना गर्न राजधानीमा ‘आइडिया डिजाइनिङ समिट’ आयोजना गरेको छ । 

समिटमा प्रमुख वक्ताका रुपमा सहभागी भएका उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा बैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्यले युवा शक्ति नयाँ क्षेत्रमा सिर्जनात्मक ढंगले लागिरहेको बताए । ‘युवाको सिर्जनात्मक क्षमतालाई अभिबृद्धि गरेर त्यसलाई ब्यवसायिक रुपमा प्रयोग गर्न सके मुलुकमा आर्थिक समृद्धि सम्भव छ,’ उनले भने, ‘यसले मुलुकमै रोजगारी सिर्जना गर्नेछ ।’

त्यस अबसरमा आइएमइ गु्रपका अध्यक्ष चन्द्र ढकालले सोचाइ सधैं ठूलो हुनुपर्ने बताए । उनले आइएमइ ग्रुपलाई सानोदेखि ठूलो आकारसम्म ल्याउँदाको अनुभव बाँड्दै भने, ‘समयअनुसार चल्न सके जुनसुकै संस्थालाई ठूलो आकार दिन सकिन्छ ।’

समिटमा विश्वब्यापी रुपमा चर्चित ‘स्ट्यान्ड अप फर प्यासन’ को नेपाल संस्करण ‘स्ट्यान्ड अप फर प्यासन इन नेपाल’ समेत आयोजना गरिएको थियो । त्यस अबसरमा नेपालमा विभिन्न क्षेत्रमा चर्चा कमाएका सुस्मित ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुशिल पोखरेल, बैंकर रविना देशराज श्रेष्ठ, क्रिकेटर विनोद दास, अभिनेतृ निशा अधिकारी, सामाजिक उद्यमी डा. प्रणव जोशी र अवतारी लामा डोल्पो टुल्कु रिम्पोछेलगायतका ब्यक्तित्वहरुले आफ्नो सफलताको वास्तविक अनुभव बाँडेका थिए ।   
कार्यक्रममा विज्ञापन ब्यवसायी रंजित आचार्यले नयाँ ब्यवसायिक सोचहरुलाई तिखार्ने तरिकाबारे सहभागीलाई प्रत्यक्ष ब्यवहारिक ज्ञान बाँडेका थिए । 
क्लक वि इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत विनय देवकोटाले नेपालमा आइडिया अरुको नक्कल गरेर ल्याइने गरेको अबस्थामा नेपाली मौलिक सोचहरु सिर्जना गर्न सहयोग पु¥याउन समिट आयोजना गरिएको बताए । ‘नेपालको बजार, जनशक्ति, तिनीहरुको क्षमता बाहिरी विश्वभन्दा फरक छ,’ उनले भने, ‘त्यसैले नयाँ मौलिक सोचहरु विकास गर्न यस्तो कार्यक्रम आयोजना गरेका हौं ।  
 

583acdcb7a51a.JPG 583acdd643d11.JPG 583acde509eb4.JPG 583acded6f214.JPG 583acdfa31481.JPG 583ace2570caa.JPG 583acec1aee49.JPG 583acecfa15a0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको