Like us!
Follow us!
Connect us!
Watch us!

समानुपातिकको ताजा अपडेट : ८३ हजार मतले एमाले पहिलो हुँदा अरु पार्टी कुन स्थानमा ?

शुक्रबार, २९ मंसिर २०७४, ०८ : २५ मा प्रकाशित

समानुपातिकको ताजा अपडेट : ८३ हजार मतले एमाले पहिलो हुँदा अरु पार्टी कुन स्थानमा ?

अर्थ संसार, काठमाडौँ–पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा (एमाले) ले २९ लाख ४० हजार ४०, नेपाली काँग्रेसले २८ लाख ५७ हजार, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ८२ हजार तथा संघीय समाजवादी फोरम नेपालले चार लाख १५ हजार मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालले तीन लाख ७७ हजार, विवेकशील साझा पार्टीले एक लाख ९७ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८८ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको