अर्थ संसार, काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपतिलाई भेट्नुअघि अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विकसित पछिल्लो राजनीतिक परिस्थिति र आगामी दिशाबारे छलफल गर्नुभएको थियो ।
यसअघि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष भेट गरी निर्वाचनपछिको राजनीतिक परिस्थिति र मुलुकको आर्थिक समृद्धिका लागि दलीय सहकार्यलगायत विषयमा कुराकानी गर्नुभएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस