Like us!
Follow us!
Connect us!
Watch us!

१७ म्युचुअल फन्डले घोषणा गरे लाभांश, कुनको कति ?

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १२ : ५४ मा प्रकाशित

१७ म्युचुअल फन्डले घोषणा गरे लाभांश, कुनको कति ?

यतिबेला सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले  धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म १७ म्युचुअल फन्डले लाभांश घोषणा गरिसकेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फन्डले इकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् । घोषित लाभांश केही फन्डले इकाइधनीको बैंक खातामा पठाइसकेका छन् भने केहीको इकाइ खरिद गर्दा अझै पनि लाभांश हकदार रहन्छ । खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । खुलामुखी म्युचुअल फन्ड नेप्सेमा कारोबार हुँदैन । बन्दमुखी म्युचुअल फन्ड मात्रै नेप्सेमा कारोबार हुन्छ । 

हालसम्म एनआईसी एशिया बैंक क्यापिटलका ५ वटा, सानिमा बैंक क्यापिटलका ३ वटा र सिद्धार्थ बैंक क्यापिटलको १ वटा, कुमारी बैंक क्यापिटलका ३ वटा योजना, लक्ष्मी सनराइज बैंक क्यापिटलका ५ वटा म्युचुअल फन्ड गरी कुल १७ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् ।

सबैभन्दा धेरै लाभांश घोषणा गर्ने म्युचुअल फन्डमा सानिमा इक्विटी फन्ड रहेको छ । यस फन्डले आफ्ना इकाइधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सानिमा ग्रोथ फन्डले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सानिमा लार्ज क्याप फन्डले पनि १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यी ३ वटा फन्डले भदौ २६ गते बुक क्लोज गर्ने भएका छन् । भदौ २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै यी फन्डले वितरण गर्ने लाभांश पाउनेछन् ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथले आफ्ना इकाइधनीलाई ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस फन्डले भदौ २३ गते बुक क्लोज गर्दैछ । भदौ २० गतेसम्म नेप्सेमा कारोबार भएका इकाइधनीले मात्रै यी फन्डले वितरण गर्ने लाभांश पाउनेछन् ।
कुमारी धनवृद्धि योजनाले आफ्ना इकाइधनीलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कुमारी इक्विटी फण्डले पनि ९.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यी दुई फन्डले भदौ १९ गते बुक क्लोज गरेका छन् । भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै यी फन्डले वितरण गर्ने लाभांश पाउनेछन् ।

यसैगरी कुमारी सुनौलो योजनाले पनि इकाइधनीलाई १०.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस फन्डले पनि भदौ ११ गते बुक क्लोज गरिसकेको छ । सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । यी चार फन्डले बुक क्लोज गरिसकेका छन् । शुभ लक्ष्मी कोष (खुलामुखी) ले इकाइधनीलाई ७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस फन्डको भने बुक क्लोज मिति तय भएको छैन ।

त्यसैगरी एनआइसी एशिया ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत, एनआइसी एशिया ग्रोथ फन्डले ९.५ प्रतिशत, एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले १० प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फन्डले १०.५ प्रतिशत र एनआइसी एशिया सेलेक्ट ३० फन्डले १४ प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । यी पाँचवटै म्युचुअल फन्डले बुक क्लोज मिति तय गरेका छैनन् ।

म्युचुअल फन्डबाहेक कम्पनीमा हालसम्म सुपरमाई हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश वितरण गर्ने भएको छ भने सीबीआइएल सेक्यिुरिटिजले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । अपी पावरले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको