पूर्वाञ्चल ल्युव आयल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्राथामिक सेयर निष्काशन (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न असोज ९ गते, बुधवार एअरपोर्ट होटेल, सिनामंगलमा सभा बोलाएको हो । सभा बिहान १० बजे सुरु हुने छ ।
कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा बोलाएको हो ।
सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै चुक्ता पूँजीको १०.५२ प्रतिशतले हुने तीन करोड १५ लाख ७८ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्ने भएको हो ।
साथै प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव र आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत पारित गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । सभाले प्रवन्धपत्र र नियमावली तथा प्राथामिक शेयर निष्काशनमा गरिने संसोदन एव परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस