Like us!
Follow us!
Connect us!
Watch us!

आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ११ : ४७ मा प्रकाशित

आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

क्यापिटलको भदौ २० गते बसेको संचालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र आरबीबी म्युचुअल फन्ड २ को लाभांश घोषणा गरेको हो । 

आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ ।

लाभांश वितरण प्रयोजनका लागि यी दुई फण्डहरुले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। त्यसकारण भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। लाभांश प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज मिति तय गरेको हुँदा भदौ ३० गतेसम्म कायम इकाईधनीले लाभांश प्रप्त गर्न सक्नेछन् ।

66d94a2507100.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको