Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल‚ डिजेल र मट्टितेलको मूल्य यथावत्

अर्थ संसार

विहीबार, ३२ असार २०८३, ०९ : ५६ मा प्रकाशित

पेट्रोल‚ डिजेल र मट्टितेलको मूल्य यथावत्

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेका बेला नेपाल आयल निगमले हाल कायम रहेको इन्धनको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरिएको हो।

निगम सञ्चालक समितिको बुधबारको निर्णयअनुसार १ साउन बिहान १२:०१ बजेदेखि लागू हुनेगरी साबिककै खुद्रा मूल्य कायम रहने जनाएको छ। यसअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ निर्धारण गरिएको छ। निगमले विभिन्न स्थानलाई वर्गीकरण गरी सोहीअनुसार मूल्य कायम गरेको जनाएको छ।

 

6a585a18cf090.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको