Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोपावरको साधारणसभा असोजमा

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, ०७ : २६ मा प्रकाशित

मोलुङ्ग हाइड्रोपावरको साधारणसभा असोजमा

मोलुङ्ग हाइड्रोपावर कम्पनीले आगामी असोजमा वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज १८ गते १४ औं र १५ औं साधारणसभा हुने भएको हो। साधारणसभा काठमाडौंको नगाउँ दोबाटोस्थित बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजे बस्नेछ।  

साधारणसभाले प्रबन्धपत्रका विभिन्न दफा संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालन समितिलाई अख्तियारी दिनेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभाले आर्थिक वर्ष  ०७९-८० र  ०८०-८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुकक्लोज हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको