Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश र हकप्रदको प्रस्तावसहित प्रभु महालक्ष्मी लाइफले बोलायो साधारणसभा

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १६ : १७ मा प्रकाशित

लाभांश र हकप्रदको प्रस्तावसहित प्रभु महालक्ष्मी लाइफले बोलायो साधारणसभा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्तावसहित आगामी असोज २३ गते साधारणसभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, छैठौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद  सेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस सेयर वितरण पश्चात कायमहुन आउने चुक्ता पूंजी को ७ प्रतिशत बराबर को हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।  सभाले गत आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

यसका साथै प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ । स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको