Like us!
Follow us!
Connect us!
Watch us!

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर जारी

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १७ : ३२ मा प्रकाशित

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर जारी

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर जारी गर्नै भएको छ । कम्पनीले सर्वसाधारणहरुलाई  जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण सेयरको प्रति सेयर अङ्कित मूल्य १ सय रुपैयाँका दरले कुल २२ करोड ५० लाखको खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय रही सञ्चालनमा आएको लघु निर्जीवन बीमा कम्पनी हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको