म्युजिक नेपाल लिमिटेडले सवा ३ लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख २७ हजार ३४७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
तत्काल कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउनेछन्।
‘सम्बन्धीत सम्पूर्ण सेयरधनीहरुको जानकारीका लागि कम्पनी ऐन २०६३ को दफा ५६(७) बमोजिम यो १५ दिने सूचना प्रकाशित गरिएको छ,’ सार्वजनिक सूचनामा भनिएको छ। म्युजिक नेपालको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस