Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा ६ खर्बभन्दा बढी तरलता,अझ घट्न सक्छ ब्याजदर

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, १० : ०२ मा प्रकाशित

बैंकिङ प्रणालीमा ६ खर्बभन्दा बढी तरलता,अझ घट्न सक्छ ब्याजदर

अहिले बैंकहरूमा  ६ खर्ब रूपैयाँभन्दा धेरै  कर्जा योग्य लगानी रकम थुप्रिएको छ। पछिल्लो समय लगानी बढ्न नसक्दा र आर्थिक गतिविधि सुस्त भएकाले बैंकहरूमा कर्जा योग्य लगानी रकम थुप्रिएको हो ।

बैंकमा थुप्रियो ६४ खर्ब ८४ अर्ब रूपैयाँ
केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ २३ गते आइतबार बैंकि प्रणालीमा ६४ खर्ब ८४ अर्ब बराबरको निक्षेप संकलन भएको छ । भदौ २२ गते शनिबार भने ६४ खर्ब ८१ अर्ब निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि बढेको छ । भदौ २२ गते ५७ खर्ब ५४ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २३ गते ५७ खर्ब ५७ अर्ब निक्षेप संकलन गरेका हुन् ।

कस्तो छ  कर्जा प्रवाह ?

त्यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरुले गर्ने कर्जा प्रवाह पनि ४ अर्बले बढेको छ । २२ गते ५२ खर्ब १ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २३ गते  ५२ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेका छन् ।  यसैगरी त्यसअवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा पनी ४ अर्बले नै बढेको छ । २२  गते ४६ खर्ब  १ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २३ गते ४६ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

बैंकहरूले आफ्नो निक्षेप र पुँजी कोषमा गणना हुने बाहेकका ऋणपत्र रकमको ९० प्रतिशत कर्जा लगानी गर्न सक्छन् । यस्तो अनुपातलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) भनिन्छ । २०७८ पुसमा यस्तो अनुपात ९० हाराहारी आइसकेको थियो । अहिले कर्जा नबढ्दा यस्तो अनुपात ७८.८७ प्रतिशत छ । केन्द्रीय बैंकको तथ्यांक हेर्दा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप उच्चले बढिरहेको छ । सोही अनुपातमा कर्जा लगानी भने बढ्न सकेको छैन ।

झण्डै ६५ खर्ब निक्षेप राखेका बैंकहरुमा कर्जा लगानीयोग्य रकम भने ६४ खर्ब ८४ अर्ब रुपियाँ छ । बैंकहरुले यसअघि नै ५२ खर्ब रुपियाँ लगानी गरिसकेका छन् । अब थप  करिब ७ अर्ब रुपियाँ हारहारीमा कर्जा योग्य लगानी रकम थुप्रिएको छ । कर्जाको मागमा आएको कमीका कारण यसरी लगानी योग्य रकम थुप्रिएको हो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको