Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब नाघ्यो, सीडी रेसियो ७८%कै लाइनमा

अर्थ संसार

आइतबार, २० साउन २०८१, १३ : ०२ मा प्रकाशित

बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब नाघ्यो, सीडी रेसियो ७८%कै लाइनमा

बैंकिङ प्रणालीको निक्षेप संकलन तीव्र गतिमा वृद्धि भईरहेको छ ।नेपाल राष्ट्र बैंकको पछिल्लो तंथ्याकअनुसार बैंकिङ प्रणालीको निक्षेप ६४ खर्बको नाघेको छ । तथ्यांकअनुसार साउन लागेयता घटेको निक्षेप संकलन पुनः बढ्न थालेको हो ।  हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब २८ अर्ब पुगेको छ। 

केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन १५ गते बैंकिङ प्रणालीमा ६४ खर्ब २७ अर्ब निक्षेप संकलन भएकोमा साउन १६ गते ६४ खर्ब २८ अर्ब संकलन भएको हो। सो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा एक दिनमा १ अर्बले निक्षेप संकलन बढेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि १ अर्बले नै बढेको छ। असार १५ गते ५६ खर्ब ९८ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १६ गते भने ५६ खर्ब ९९ अर्ब निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने घटेको छ । मंगलबारसम्म ५१ खर्ब ४४ अर्ब प्रवाह भएकोमा बुधबार १ अर्बले घटेर ५१ खर्ब ४३ अर्ब बराबरको कर्जा प्रवाह भएको छ । सो समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह भने स्थिर रहेको छ। मंगलबारसम्म ४५ खर्ब ५१ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले बुधबार पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.६० बाट घढेर ७८.५७ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको