इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीले सिन्धुपाल्चोकमा ४४ मेगावाटको भोटेकोशी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस