साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ विन्दुमा पुगेको हो ।
आज अघिल्लो कारोबार भन्दा नेप्से परिसूचक १.५५ प्रतिशतले बढेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । आज दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.६३ अंकले बढेर ४४८.२९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा ३३४ कम्पनीका १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर ७६ हजार २८ पटक खरिद बिक्री हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस