यो साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । गत साता २५४५.७३ विन्दुमा बन्द भएको नेप्से यो साता साढे १४ अंकले बढेर २५६०.२९ विन्दुमा पुगेर बन्द भएको हो । यो गत साताको भन्दा ०.५७ प्रतिशतले धेरै हो ।
साताभरका ५ कारोबार दिनमध्ये ३ करोबार दिन नेप्से बढेको थियो भने २ दिन घटेर कारोबार बन्द भएको थियो । त्यस्तै यो साता फ्लोट इण्डेक्स ०.३९ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ । नेप्सेसँगै यो साता कारोबार रकम पनि सामान्य बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ७ करोड ९० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.०८ प्रतिशत मात्र बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ३.९८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७.६१ प्रतिशत बढेको छ ।
यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता २५ अर्ब रुपैयाँ बढेर ४२ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यस साता ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । एक उपसमूहको परिसूचक भने यस साता स्थिर रहेको छ । यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८९ प्रतिशत बढेको छ । गत साता ६३२१.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३०९.४३ अंक बढेर ६६३१.१२ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो ।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता ०.८२ प्रतिशत घटेको छ । गत साता २२६३.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १८.६६ अंक घटेर २२४४.५३ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६७.०३ अंक घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस