Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो बैंकहरुको खुद निष्कृय कर्जा , कुन बैंकको कति ?

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, १४ : ४० मा प्रकाशित

घट्यो बैंकहरुको खुद निष्कृय कर्जा , कुन बैंकको कति ?

वाणिज्य बैंकाहरुको निष्कृय कर्जा अनुपात बढिरहेको छ । तर खुद निष्कृय कर्जा (नेट एनपिएल) भने घट्दै गएको छ । गत आर्थिक वर्षसम्म वाणिज्य बैंकको कुल निष्कृय कर्जा अनुपात औसतमा ३.४६ प्रतिशत छ भने खुद निष्कृय कर्जाको औसत अनुपात १.१० प्रतिशत मात्रै छ ।

राष्ट्र बैंकले पुस २०८० देखि वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा अनुपात तथ्यांक संकलन गरी प्रकाशित गर्न थालेको थियो ।
अर्थतन्त्रले विस्तारै गति लिँदै गएकाले कर्जा असुलीमा सुधार देखिन थालेपछि निष्क्रिय कर्जाको अनुपात घट्न थालेको हो । यस्तो कर्जा अनुपात न्यून हुनु भनेको बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त प्रोभिजन गरेको भन्नेलाई बुझाउँछ ।

 १ वर्षमा वाणिज्य बैंकहरुको खुद निष्कृय कर्जा अनुपात घटेको छ । २०८१ को असार मसान्तसम्म आइपुग्दा वणिज्य बैंकको औसतमा खुद निष्कृय कर्जा १.१० प्रतिशत कायम भएको छ । २०८० को असार मसान्तमा वाणिज्य बैंकहरुको खुद निष्कृय कर्जा अनुपात १.१३ प्रतिशत थियो । 


कुन बैंकको खुद निष्कृय कर्जा कति ?

२० मध्ये ८ बैंकको निष्क्रिय कर्जा अनुपात ४ प्रतिशत वा त्यसभन्दा माथि छ । सात वाणिज्य बैंकको खुद निष्क्रिय कर्जा एक प्रतिशतभन्दा कम छ । २०८१ असार मसान्तमा नेपाल एसबीआई बैंकको खुद निष्क्रिय कर्जा सबैभन्दा कम ०.२ प्रतिशत मात्रै छ । कुल निष्क्रिय कर्जा २ प्रतिशत रहेकोमा एसबीआईले गरेको प्रोभिजनपछिको खुद निष्क्रिय कर्जा ०.२ प्रतिशत मात्रै छ ।

लक्ष्मी सनराइजको खुद निष्क्रिय कर्जा अनुपात सबैभन्दा धेरै १.९६ प्रतिशत छ । कुल निष्क्रिय कर्जा ४.७२ प्रतिशत छ ।

त्यस्तै कुमारी बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा ०.४८ प्रतिशत मात्रै छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा बैंकको खुद निष्क्रिय कर्जा १.२१ प्रतिशत छ । यस्तै हिमालयन बैंकको कुल निष्क्रिय कर्जा ४.९१ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा १.०४ प्रतिशत छ ।

यस्तै कुल निष्क्रिय कर्जा ०.७१ प्रतिशत रहेको एभरेस्ट बैंकको खुद निष्क्रिय कर्जा ०.२६ प्रतिशत छ । त्यस्तै १.७३ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको सानिमा बैंकको खुद निष्क्रिय कर्जा ०.५१ प्रतिशत, ३.२८ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको नेपाल बैंककोे खुद निष्क्रिय कर्जा ०.५९ प्रतिशत छ । २.२२ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको सिद्धार्थ बैंकको खुद निष्क्रिय कर्जा ०.७७ प्रतिशत छ ।

त्यसैगरी २.१४ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको स्ट्यान्डर्ड चार्टर्डको खुद निष्क्रिय कर्जा ०.९४ प्रतिशत, यस्तै प्रभु बैंकको कुल निष्क्रिय कर्जा ४.७८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.०७ प्रतिशत छ । नबिलको कुल निष्क्रिय कर्जा ३.८५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.१२ प्रतिशत छ

यसैगरी राष्ट्रिय वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा ३.६५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.२५ प्रतिशत, एनएमबी बैंकको कुल निष्क्रिय कर्जा ३.२७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३३ प्रतिशत छ । त्यस्तै कृषि विकास बैंकको कुल निष्क्रिय कर्जा ३.४४ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३७ प्रतिशत र प्राइम कमर्सियलको कुल निष्क्रिय कर्जा ४.६७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.४५ प्रतिशत छ ।

माछापुच्छ्रेको कुल निष्क्रिय कर्जा ४.६३ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५५ प्रतिशत तथा ग्लोबल आईएमईको कुल निष्क्रिय कर्जा ४.३७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५७ प्रतिशत छ । त्यसैगरी सिटिजन्सको कुल निष्क्रिय कर्जा ४.०७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५८ प्रतिशत, एनआईसी एसियाको कुल निष्क्रिय कर्जा ३.४१ प्रतिशत र खुद निष्क्रिय कर्जा १.७९ प्रतिशत छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको