सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
संस्थापक सेयरधनी एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ८ लाख १ हजार ४७६ कित्ता सेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको हो।
सूर्यज्योतीका अनुसार संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। यदी संस्थापकले सेयर खरिद नगरेकामा सर्वसाधारणलाई बिक्री गरिने भएको छ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ निर्धारण गरिएको छ।
सेयर किन्न इच्छुक सेयरधनीले आवश्यक पर्ने कागजातसहित थापाथलीस्थित सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। जसमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाउनुपर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस