Like us!
Follow us!
Connect us!
Watch us!

८  प्रतिशत लाभांश घोषणा गरेको नबिल स्टक डिलरले डाक्यो साधारणसभा

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ०८ : ०२ मा प्रकाशित

८  प्रतिशत लाभांश घोषणा गरेको नबिल स्टक डिलरले डाक्यो साधारणसभा

८ प्रतिशत नगद लाभांश घोषणा गरेको नबिल स्टक डिलर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले असोज २० गते दरबारमार्गस्थित आफ्नै रजिष्टर्ड कार्यालयको सभा कक्षमा साधारणसभा बोलाउने निर्णय गरेको हो।

साधारणसभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, वार्षिक र लेखापरीक्षक प्रतिवेदन पारित हुनेछ भने चालु आवका लागि लेखापरीक्षक नियुक्त गरिनेछ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीका केही प्रावधानमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको कम्पनीले जनाएको छ। याे नबिल बैंककाे सहायक कम्पनी हाे। चुक्ता पुँजी १ अर्ब ५२ करोड रहेको संस्थाले हाल स्टक डिलर, पूर्णकालीन धितोपत्र दलाल सेवा, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवा प्रदान गरिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको