Like us!
Follow us!
Connect us!
Watch us!

इम्पेरियल सेक्युरिटिजको साधारणसभा असोजमा, २५ प्रतिशत लाभांश प्रस्ताव पारित गरिने

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ०९ : ५५ मा प्रकाशित

इम्पेरियल सेक्युरिटिजको साधारणसभा असोजमा, २५ प्रतिशत लाभांश प्रस्ताव पारित गरिने

इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ४५) ले १७औं वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले असोज १८ गते अनामनगरस्थित कम्पनीको आफ्नै मुख्य कार्यालयमा दिउँसो ३ बजे साधारणसभा तय गरेको हो।

कम्पनीले ०८१ असार मसान्तमा कायम चुक्ता पूँजीमा २५ प्रतिशत बोनश सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आगामी साधारणसभाले उक्त प्रस्ताव स्वीकृत गर्ने एजेण्डा छ।

त्यस्तै,बोनश सेयर वितरण पश्चात सोही हदसम्म कायम हुने गरी चुक्ता पूँजी वृद्धि अद्यावधिक गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन गरिने भएको छ। तर, नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरिने सार्वजनिक सूचनामा उल्लेख छ।

साधारणसभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ ।

साधारणसभाका लागि असोज १० देखि १८ गतेसम्म बुक क्लोज हुनेछ। सो आधारमा असोज ९ गतेसम्म कायम सेयरधनी साधारणसभामा लिन र लाभांश पाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको