आशुतोष इनर्जीले सातौं वार्षिक साधारणसभा असोज २० गतेका लागि बोलाएको छ। कम्पनीको सभा नक्साल काठमाडौंमा बिहान साढे ८ बजे बस्नेछ।
कम्पनीको सञ्चालक समितिको भदौ २७ गतेको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशतका दरले २ करोड ५२ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
आगामी साधारणसभाले लाभांश पारित गर्नेछ।
त्यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरण छलफल गरी पारित गर्ने एजेण्डा छ। आर्थिक वर्ष ०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस