Like us!
Follow us!
Connect us!
Watch us!

सानिमामाई हाइड्रोपावरले २९ करोड कमायो

आइतबार, ०२ पुस २०७४, १५ : ५१ मा प्रकाशित

सानिमामाई हाइड्रोपावरले २९ करोड कमायो

अर्थ संसार, काठमाडौँ – सानिमामाई हाइड्रोपावर लिमिटेडले रु २९ करोड खुद नाफा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने तयारी गरेको छ ।

गत आवमा कम्पनीले रु २९ करोड नाफा गरेको थियो । कम्पनीले पुस २८ गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले साधारणसभामा लाभांश दिने प्रस्ताव गरेको छैन । सतप्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि चुक्तापुँजी बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

चुक्तापुँजी बढेर सेयरधनीलाई ७ प्रतिशत मात्र लाभांश दिने अवस्था आएपछि गत आवमा गरेको नाफालाई संचित कोषमा राखेर मैलुङ जलविद्युत बनाउन लगानी गर्ने सानिमा माईका प्रमुख कार्यकारी अधिकृडा. सुवर्णदाश श्रेष्ठले बताउनुभयो ।

सानिमामाईले २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । गत आवमा सानिमामाईले बिजुली बिक्री, ब्याज र विविध शिर्षकबाट गरी रु ८० करोड ५१ लाख आमदानी गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको