अर्थ संसार, काठमाडौं– धितोपत्र बजार (नेप्से) मा आज पाँच कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । एनआइसी एसिय बैंक, प्रभु इन्स्योरेन्स, अरुण फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैक र नागरिक लगानी कोषको बोनस सेयर सूचिकृत भएको हो ।
कुनको कति ?
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकको १ करोड ३३ लाख ८५ हजार १ सय ९५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
प्रभु इन्स्योरेन्स
अर्थ संसार, काठमाडौं– प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचिकृ भएको छ । नेप्सको अनुसार ११ लाख ८ हजार ८ सय ४५ दशमलव ३९ कित्ता सेयर सूचिकृत भएको हो ।
नागरिक लगानी कोष
आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नागरिक लगानी कोषको१३ लाख २७ हजार ६ सय ४८ दशमलव ७३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सप्तकोशी डेभलपमेन्ट बैंक
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर आज नेप्सेमा सूचिकृत भएको छ । बैंकको २७ लाख ३४ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
अरुण फाइनान्स
अरुण फाइनान्सको हकप्रद सेयर आज नेप्सेमा सूचिकृत भएको छ । बैंकका १५ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस