Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई र चार्टर्ड एकाउण्टेण्ट्स संघको सहकार्यमा अन्तरक्रिया हुने

अर्थ संसार

विहीबार, १० असोज २०८१, १६ : ०८ मा प्रकाशित

नेपाल एसबिआई र चार्टर्ड एकाउण्टेण्ट्स संघको सहकार्यमा अन्तरक्रिया हुने

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्राविधिक सहकार्य तथा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको आयोजनामा  नामक एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ। 

राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयविज्ञ, अग्रज व्यक्तित्व तथा लगानीकर्ताहरूको उपस्थितीमा यहि मिति २०८१ असोज ११ गते काठमाडौं मेरियट होटलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । 

उक्त कार्यक्रमबाट नेपालमा वैदशिक लगानी प्रोत्साहन हुने तथा सो सम्बन्धी बहुआयामिक विषयहरूमा विभिन्न सरोकारवालाहरूको छलफलबाट देशमा लगानीको वातावरणमा सुधार हुने र लगानी व्यवस्थापन कार्यमा समेत थप टेवा पुग्ने विश्वास नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडले लिएको छ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडले भारतको एसबिआई क्यापिटल मार्केट्स लिमिटेड (एसबिआईक्याप्स्) सँग संस्थागत परामर्श सेवाका लागि प्राविधिक सहकार्य समेत गरिरहेको छ।

संस्थाले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको