Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

सोमबार, ०३ पुस २०७४, १५ : ५९ मा प्रकाशित

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

अर्थ संसार, काठमाडौँ– प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका आन्तरिक उडान प्रभावित भएको छ ।

कुइरो लागेका कारण भद्र्रपुर, सिमरा, भैरहवा र धनगढीको उडान रद्द गरिएको त्रिअवी आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख परवेज आलम सिद्दिकीले बताउनुभयो ।

गन्तव्य उडानका लागि विमानस्थल पुगेका यात्रु उडान रद्द भएपछि मर्कामा परेका थिए । बुद्ध, यति, श्रीलगायतका एयरलाइन्सले उडान रद्द भएकामा यात्रुसँग क्षमायाचनाको सञ्चार गराइरहेका थिए ।

विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् ।

आन्तरिकतर्फ हेलिकप्टरसहित ९नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत० १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

यता अन्तर्राष्ट्रियतर्फ भने बढीमा आधाघण्टा आकाशमै अडिने ९होल्ड० भए पनि नियमित उडान भइरहेको विमानस्थलले जनाएको छ ।

हाल ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानपख तराई क्षेत्रमा बाक्लो कुइरो लागे पनि अपराह्नतिर केही सुधार आएको छ । अहिले काठमाडौँलगायत पूर्वी तराई भेगमा आंशिक बदली रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै केही दिन बिहान बाक्लो कुइरो लागे पनि दिउँसोतिर आंशिक बदलीको अवस्था रहेन अनुमान छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम ४।६ र अधिकतम १९ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको