अर्थ संसार, खोटाङ– ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका रत्नबहादुर जोगीले वैदेशिक रोजगारीमा गएको छोराको मलेसियामै मृत्यु भएपछि पाउने आर्थिक सहायताका लागि १० वर्षसम्म दौडधुप गर्नुपर्यो ।
उहाँको छोरा खेमराजको २०६५ भदौमा काम गर्ने क्रममै मेसिनमा च्यापिएर मलेसियामाा मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि मलेसियामा गरिएको बिमाबापतको रकम पाउन रत्नबहादुरलाई एक दशक लाग्यो ।
पाँच वर्ष अघि दिक्तेलमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्रको सहयोगमा रकम उपलब्ध भएको उहाँले बताउनुभयो । बीमाबापतको रकम रत्नबहादुरलाई रु दुई लाख ९३ हजार र उहाँकी श्रीमती सीतामायालाई रु दुई लाख ९३ हजार उपलब्ध गराएको केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताउनुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस