Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ क्यापिटलको साधारणसभा सम्पन्न

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १७ : १७ मा प्रकाशित

मुक्तिनाथ क्यापिटलको साधारणसभा सम्पन्न

मुक्तिनाथ क्यापिटल लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा असोज ११ गते संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा सम्पन्न भएको हो।

सभाले लेखापरिक्षकको प्रतिबेदन सहितको २०८१ आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आ.व.२०८०\८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले क्यापिटलका  सेयरधनीहरुलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले आ.व.२०८१\८२ को लेखापरिक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको