Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? पहिला हेर्नुहोस् एक विश्लेषण

मंगलबार, ०४ पुस २०७४, ०८ : १९ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? पहिला हेर्नुहोस् एक विश्लेषण

व्यवस्थापन समूह :-

अध्यक्ष : पृथ्वी बहादुर पाण्डे
प्रमुख कार्यकारी अधिकृत : ज्योती प्रकाश पाण्डे
प्रधान कार्यालय : दरबारमार्ग, काठमाडौं
वेबसाइट : www.nibl.com.np
शाखा : ६१
स्टक सङ्केत : एनआइवि

बैंकको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात :-


 

लाभांश विवरण :-


 आधारभूत विश्लेषण :-

बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :   

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ८ दशमलव ५१ प्रतिशतबाट घटेर ८ दशमलव ४२ प्रतिशतमा सिमित भएको छ भने बैङ्कको लागानी रू.३० अर्ब ७२ करोडभन्दा बढी रहेको छ ।  

  • बैंकले पहिलो त्रैमाससम्ममा रू. १ खर्ब ३१ अर्ब २९ करोड निक्षेप संकलन गरी रू. १ खर्ब ७ करोड ९६ करोड कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू. ४ अर्ब ३२ करोड, कर्मचारी खर्च रू. १९ करोड ६ लाख, अन्य सञ्चालन खर्च रू. १८ करोड ११ लाख र सञ्चालन नाफा रू. १ अर्ब २१ करोड ९९ लाख रहेको छ ।

  • बैंकको स्थिर सम्पत्ति २३ प्रतिशत वृद्धि भई रू. १ अर्ब ३० करोड २७ लाख पुगेको छ भने अन्य सम्पत्ति न्यून प्रतिशतले घटेर रू. १ अर्ब ४७ करोड ५१ लाखमा सिमित भएको छ ।

  • सम्भावित जोखिम बापतको रकम रू. १८ करोड ५५ लाख छुट्याएको छ भने पूँजीकोष लागत ६ दशमलव शून्य ८ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ दशमलव ७८ प्रतिशत रहेको छ ।

  • बैंकले सार्वजनिक पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू.३३ दशमलव ६९, मूल्य आम्दानी अनुपात १९ दशमलव २९ र प्रतिशेयर नेटवर्थ रू. १ सय ८४ दशमलव ४७ रहेको छ । सोमवार भएको शेयर मूल्य नेटवर्थको साढे ३ गुणा छ ।

प्राविधिक विश्लेषण :-

  • विक्री चाप  :बैंकको सोमवार भएको सेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप १ गुणा बढी भएको छ । सो अवधिसम्म ११ हजार ३ सय ६० कित्ता शेयर विक्री  र १० हजार ७ सय ८० कित्ता शेयर खरीद गर्ने माग रहेको थियो ।  

सोमवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती विश्लेषण :-

१८ सेप्टेम्बर २०१७                             १८ डिसेम्बर २०१७

स्ट्याण्डर्ड डेभिएशन :-

१८ सेप्टेम्बर २०१७                             १८ डिसेम्बर २०१७

आरएसआई :-
 

१८ सेप्टेम्बर २०१७                             १८ डिसेम्बर २०१७

मुभिङ एभरेज :-
 

१८ सेप्टेम्बर २०१७                             १८ डिसेम्बर २०१७

  • मैनबत्ती विश्लेषण : बैंककोे ५५ दिनको कारोबारमा अन्तिम दिनमा सेतो ओपनिङ मारोबाजु आकृति बनेको छ । यसले आगामी दिनमा सेयर मूल्य बुलिशमा जाने सङ्केत गर्दछ ।

  • आरएसआई : बैंकको ५५ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (४७ दशमलव ३९ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सञ्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : बैंकको ५५ दिन भित्रको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ३ दशमलव ८४ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेज :बैंकको ५५ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिदै गएका छन् । हालको मूल्य  १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाको बिचमा छ । हालको मूल्य रू. ६ सय ६३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ६ सय ४७ मा टेवा पाउन सक्छ भने मूल्य महँगिएमा रू. ६ सय ७२ मा प्रतिरोध पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको