Like us!
Follow us!
Connect us!
Watch us!

आज गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ०८ : १० मा प्रकाशित

आज गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

१५ प्रतिशत लाभांश घोषणा गरेको गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बुकक्लोज बुधबार रहेको छ।  तसर्थ आज मंगलबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

कम्पनीले गत आवको मुनाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ।

असोज २९ गते बस्ने वार्षिक साधारणसभाले लाभांश पारित गर्नेछ। साधारणसभा धनकुटामा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सुरु हुनेछ।

साधारणसभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको