Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरो प्रभावितलाई अस्थायी आवास बनाउन १० दिनभित्र अनुदान, क्षति मूल्यांकन गर्न टास्क फोर्स

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ०९ : ०५ मा प्रकाशित

बाढीपहिरो प्रभावितलाई अस्थायी आवास बनाउन १० दिनभित्र अनुदान, क्षति मूल्यांकन गर्न टास्क फोर्स

सरकारले बाढीपहिरोबाट प्रभावितको अस्थायी आवास निर्माणका लागि १० दिनभित्र अनुदान उपलब्ध गराउने भएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले घर गुमाएकाहरूलाई १० दिनभित्र अनुदानको पहिलो किस्ता २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकमा सात दिन भित्र लाभग्राही पहिचान गर्ने र त्यसको ३ दिन भित्र अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउने निर्णय भएको हो। उक्त निर्णय जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम दिने व्यवस्था मिलाइनेछ। पीडितले दुई किस्तामा ५० हजार पाउनेछन्।

त्यस्तै, उपचार, राहत प्याकेज उपलब्ध गराउने, क्षतिको नोक्सानी मूल्यांकन गर्न टास्क फोर्स पनि गठन गरेको छ।

प्राधिकरणका सहसचिवको संयोजकत्वमा गृह, अर्थ, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, शिक्षा, सहरी, खानेपानी, ऊर्जा, सूचना मन्त्रालयका विज्ञ र अन्य विज्ञ सम्मिलित समिति गठन गर्ने निर्णय भएको हो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको