Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ७ अर्ब माथि,सबैभन्दा अगाडि सगरमाथा लुम्बिनी ,अन्यको अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ११ : १७ मा प्रकाशित

दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय  ७ अर्ब माथि,सबैभन्दा अगाडि सगरमाथा लुम्बिनी ,अन्यको अवस्था कस्तो ?

निर्जीवन बीमा कम्पनीहरुले चालु आवको दुई महिनामा ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार यी कम्पनीहरुले कुल ४ लाख ७० हजार ५ सय १४ वटा बीमा पोलिसी बिक्री गरी सो बीमा शुल्क संकलन गरेका हुन।

चालु आवको पहिलो दुई महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले १ अर्ब १ करोड २१ लाख रुपैयाँ  कूल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ८१ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी, युनाईटेड अजोडले ४५ करोड, आईजिआई प्रुडेन्सियलले ५८ करोड, सानिमा जिआईसीले ३९ करोड, हिमालयन एभरेष्टले ६० करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले २९ करोड ४१ लाख, नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २६ लाख, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४४ करोड र नेपाल इन्स्योरेन्स कम्पनीले ४३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको