Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोले राजमार्ग अवरुद्ध, दसैंको अग्रिम टिकट बुकिङ के हुन्छ?

अर्थ संसार

बुधबार, १६ असोज २०८१, ०८ : ३४ मा प्रकाशित

बाढीपहिरोले राजमार्ग अवरुद्ध, दसैंको अग्रिम टिकट बुकिङ के हुन्छ?

गत साताको बाढीपहिरोका कारण देशका मुख्य राजमार्ग अवरुद्ध छन्। विपी राजमार्ग क्षतविक्षत बनेको छ भने पृथ्वी राजमार्ग पनि बेलाबेला बन्द भइरहेको छ। मेची राजमार्ग पनि अवरुद्ध छ।

सरकारले गत शनिबारबाट दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको थियो। तर, घटस्थापनाको अघिल्लो दिनसम्म पनि यकीन भएको छैन, राजमार्ग खुल्छन् वा खुल्दैनन्?

यही परिस्थितिमा यातायात व्यवस्था विभाग र  व्यवसायीबीच छलफल भएको छ। यातायात विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संगठन, उपत्यका प्रहरी प्रभाग लगायतका सरोकारवाला निकायको बैठकले अग्रिम टिकट बुकिङ बन्द नगर्ने तर, बाटोको अवस्था बुझेर मात्रै टिकट काट्ने निर्णय गरेको हो।

यी हुन् मुख्य निर्णय
-असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ्ग खुला गरिएको र धेरै यात्रुहरूले टिकट लिइसकेको अवस्थामा सडक ठाउँठाउँमा अवरुद्ध रहेको तथा जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पुर्वानुमानले समेत अझै केही दिन वर्षा हुने पूर्वानुमान जारी गरेकोले अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पुऱ्याउने सुनिश्चितता गर्ने।

-थप अग्रिम टिकट बुकिङ्ग गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई समेत आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्नु हुन यातायात व्यवसायीहरूमा अनुरोध गर्ने ।

-काठमाडौंबाट छुट्ने यात्रुबाहक बसहरूले सार्वजनिक यातायातबाट सेवा दिँदा हाल जोखिमयुक्त रहेको काठमाडौं(नारायणगढसम्मको सडकखण्डको अवस्थालाई मध्यनजर गर्दै काठमाडौंबाट सवारी साधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने।

-वैकल्पिक मार्गहरूको पहिचान गरी ठूला सवारी साधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गहरूको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने।

-अत्याधिक वर्षाका कारणले रेड जोनमा परेका सडक खण्ड तथा सडकहरूमा हेभी इक्युपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने ।
वर्षातका कारणले अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले पनि आफूसँग भएका हेभी इक्युपमेन्ट प्रयोग गरी बाटो खुलाउन तथा आवश्यक उद्धार कार्यमा सहयोग गर्न अनुरोध गर्ने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको