Like us!
Follow us!
Connect us!
Watch us!

विधुत पटकपटक अवरुद्ध भएपछि पुर्व-पश्चिम राजमार्गमा चक्काजाम

अर्थ संसार

शनिबार, १९ साउन २०८१, ०८ : ३३ मा प्रकाशित

विधुत पटकपटक अवरुद्ध भएपछि पुर्व-पश्चिम राजमार्गमा चक्काजाम

 महोत्तरीमा बिधुत प्राधिकरणले पटकपटक लाईन काटेपछि  आन्दोलित भएका छन । पटकपटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पुर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।

स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिधुत प्राधिकरणले नियतवस लाईन अवरुद्ध वनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले वताए । व्यापारीहरुले सनिवार यो विषयमा उधोग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणवद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले वताए ।

व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको वताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाएका छन ।

यता विधुत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विधुत अवरुद्ध भएको वताए । `नियतवस: हामिले लाईन काटेका हैनौ । ढल्केवर प्रशारण लाईनवाट पुर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ ।´ प्रमुख झाले भने । `हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौ ।´

बिधुत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उन्ले प्रष्ट वनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको