Like us!
Follow us!
Connect us!
Watch us!

सुनकोशीमा बेलिब्रिज हटाइँदा पूर्वी तराईसँगको सिधा सम्पर्क टुट्यो, यात्रुहरू वैकल्पिक कठिन मार्गमा

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, १३ : ४४ मा प्रकाशित

सुनकोशीमा बेलिब्रिज हटाइँदा पूर्वी तराईसँगको सिधा सम्पर्क टुट्यो, यात्रुहरू वैकल्पिक कठिन मार्गमा

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ। गत वर्षको बाढीले फोक्सिङटारको पक्की मोटरेबल पुल बगाएपछि वैकल्पिक रूपमा जडान गरिएको बेलिब्रिज नदीमा पानीको सतह बढेसँगै हटाउनुपरेको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए। सडक विभागले झिक्ने र जडान गर्ने कार्यको लागि रु १ करोड २ लाखमा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो।  बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा लगायत पूर्वी तराईतर्फ सिधा यात्रा असम्भव भएको छ। यात्रुहरूलाई अहिले दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी मार्ग प्रयोग गर्नुपर्नेछ, जुन लामो, साँघुरो र कष्टकर छ। यस कारण स्थानीयबासीदेखि यात्रुहरूसम्म हैरान, दैनिक आवागमनमा गम्भीर समस्या देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको