Like us!
Follow us!
Connect us!
Watch us!

टर्कीको मुद्रास्फीति नीति दर भन्दा कम

अर्थ संसार

शुक्रबार, १८ असोज २०८१, १२ : ५५ मा प्रकाशित

टर्कीको मुद्रास्फीति नीति दर भन्दा कम

टर्किएमा वार्षिक मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतमा घटेको छ । जुन तीन वर्षमा पहिलो पटक मुद्रास्फीति देशको नीतिगत ब्याज दरभन्दा तल झरेको हो । सेप्टेम्बरको लागि मासिक मुद्रास्फीति २.९७ प्रतिशतमा रह्यो । जबकि उत्पादक मूल्य सूचकांक (पीपीआई) ले पनि गिरावटको संकेत देखाएको छ ।

सेप्टेम्बरमा मासिक उत्पादक मुद्रास्फीति दर १.३७ प्रतिशतमा रेकर्ड भएकोमा उत्पादक मूल्यमा वार्षिक वृद्धि ३३.०९ प्रतिशतमा झरेको छ । यसको तुलनामा, अगस्टमा वार्षिक मुद्रास्फीति दर ५१.९७ प्रतिशत थियो । मासिक दर २.४७ प्रतिशत थियो । सरकारको मध्यकालीन कार्यक्रमले सन् २०२४ मा ४१.५ प्रतिशतमा झर्ने र २०२५ को अन्त्यसम्ममा १७.५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

टर्कीको बढ्दो मुद्रास्फीति र यसको इतिहासमा सबैभन्दा खराब जीवन खर्चको संकटसँग संघर्ष गरिरहेको छ । जुन २०२३ देखि मुलुकले आफ्नो प्रमुख ब्याजदर ८.५ प्रतिशतबाट ५० प्रतिशतमा बढाएर मौद्रिक नीतिलाई कडा पारेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको