टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ ।
मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ ।
आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताए। आगलागी होटलको भान्साबाट शुरु भएको अनुमान गरिएको छ । २३४ जना बसेको ग्राण्ड कार्टल होटलमा स्थानीय समयअनुसार मंगलबार बिहान साढे ३ बजेको समयमा आगलागी भएको थियो ।
उक्त पर्यटकीय होटल चिसो र हिउँ जमेको स्थानमा भएकाले दमकल पुग्न एक घण्टाभन्दा बढी समय लागेको लागेको थियो । दमकल पुगेपछि पनि आगो निभाउन झण्डै १२ घण्टा लागेको थियो । आगोको कारण र यसले निम्त्याएको क्षतिको थप विवरणहरु आउने क्रम जारी छ।
मृतकहरुको सम्झनामा टर्कीमा आज राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस