Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान सहकारी सलाङको नाफा ६१ लाख माथि

मंगलबार, ०४ पुस २०७४, १६ : ३७ मा प्रकाशित

साना किसान सहकारी सलाङको नाफा  ६१ लाख माथि

 

  • विवेक अर्याल

अर्थ संसार, धादिङ– धादिङको सलाङको सिद्धलेक–४ मा अवस्थित किसान कृषि  सहकारी संस्था लिमिटेडको १८ औं  वार्षिक साधारणसभा तथा ७ औ अधिबेशन  आरुवासटारमा आज सम्पन्न भएको छ ।

धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सदस्य तथा नेकपा एमाले धादिङको कार्यवाहक अध्यक्ष भुमी प्रसाद त्रिपाठी तथा नेपाल कृषि सहकारी संघ नेपालका केन्द्रीय अध्यक्ष एबम्  साना किसान विकास वैकका अध्यक्ष खेम बहादुर पाठकले  संयुक्र रुपमा कार्यक्रमको उद्घाटन गरको थिए । 

साना किसान कृषि सहकारी संस्था सिद्धलेक४ का अध्यक्ष डिल्ली प्रसाद पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा धादिङ प्रतिनिधि सभा, प्रदेश सभा ख का सदस्य तथा माओवादी केन्द्र धादिङको अध्यक्ष शालिकराम जमकट्टेल, एमाले धादिङको नेता कृष्ण अर्याल , साना किसान सहकारी संघ धादिङको अध्यक्ष रङ्ग थपलियाको आतिथ्यता रहेको थियो ।

संस्थाले आर्थिक वर्ष ०७३/०७४को कुल आम्दानी २ करोड ८२ लाख ५७ हजार ५६, कुल खर्च २ करोड २१ लाख ५६ हजार २ सय ४८ र खुद नाफा ६१ लाख ८ सय ७ रुपैयाँ रहेको सस्थाको प्रबन्धक गोपाल सिल्वालले जानकारी दिए ।

सलाङ गाविसलाई लक्षित गरि २०५५ सालमा स्थापना गरिएको सहकारीमा  हाल सम्म २२४ समुह, १४०० शेयर सदस्य रहेको छ ।  छिमेकी गाविसहरु नलाङ र बेनिघाटमा समेत आफ्नो कार्य क्षेत्र विस्तार गरिएको सस्थाको अध्यक्ष डिल्ली पाठकले जानकारी दिए । साधारणसभामा कृषि क्षेत्रमा उच्च प्रगतिशील ५ जना किसानहरुलाई प्रशंस स्वरुप अत्याधुनिक कृषि उपकरण, नगद र प्रशंस पत्रद्वारा सम्मान गरिएको थियो ।

अन्तर्राष्ट्रिय पारिवारिक वर्ष २०१४ को वृहत् कार्यक्रम धादिङबेसीमा उत्कृष्ट सहभागिता जनाए बापत जिल्ला प्रथम हुन सफल साना किसान सलाङ धादिङ जिल्लामा मात्र नभइ सिङ्गो नेपालमै नमुना सहकारीको रुपमा चिनिएको छ ।

‘महिनाको एकदिन भविश्यको लागि बचत गरौं, सबल र सक्षम संस्था निर्माण गरौं ’  भन्ने नारा लाई साना किसान परिवारमा गुन्जायमान गर्दै सस्थाले नयाँ–नयाँ बचतको योजना अघि सारेको छ ।  जसका कारण मासिक रुपमा रु ५०० देखि रु ३००० सम्म बचत गर्ने सदस्यको  आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य स्थितिमा परिवर्तन भएको देखिन्छ ।

  सदस्यहरुको अदम्य साहस र संचालक समितिको समय अनुसार निर्णय गरि कार्यन्वयन गर्न सक्ने दुरदर्शिताले आज संस्था उदाहरणिय बन्न सफल भएको छ ।

सलाङ गाविसमा १ घर १ सदस्य र १ टोल १ अन्तर समुहको अबधारणा रहेको संस्थाको आफ्नै कार्यलय पक्कि भवन छ । आफ्नै सहकारी भवनमा तालिम तथा सेमिनार हल, पृथ्वी राजमार्गमा आफ्नै सहकारी पसल १ वटा र ९ नम्बर वडामा अन्तर समूह भवन रहेको सस्थाको प्रबन्धक गोपाल सिलवालले बताए ।

साधारणसभा दोहोरीको मज्जा 

साधारणसभामा राष्ट्रिय लोक तथा दोहोरी गायक अमृत खाती र लोक गायिका मधु क्षेत्रीले सहकारीको विषयमा बेजोड लोक प्रस्तुति प्रस्तुत गरेका थिय ।

उद्घाटन सत्र सकियपछि सहकारीको बन्दसत्र चल्दै छ, आजै सहकारीको नयाँ कार्य समीती चयन गर्ने सहकारीको अध्यक्ष डिल्ली पाठकले जानकारी दिनुभयो ।

 

5a38f0ac7cada.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको