अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंकले एकैसाथ दुईओटा अवार्ड पाएको छ । सीएमओ एशियाद्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा हालै आयोजित एक कार्यक्रमबीच बैंकले बैंकिङ क्षेत्रतर्फको बेष्ट ब्राण्ड अवार्ड र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड पाएको छ ।
सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्ष्ट्रक्शन, रियल स्टेटलगायत सेवा प्रदायक कम्पनीले सहभागी थिए । विभिन्न क्षेत्रमा आबद्ध कम्पनीको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेता छनोट गरिएको थियो ।
यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजीक्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो ।
बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटीएम काउण्टरहरु र ४ एक्स्टेन्सन काउण्टरबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ११७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस