अर्थ संसार, काठमाडौं– गरिमा विकास बैंकले पुस २८ गते ११ औं साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २८ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ ।
नेप्सेमा आज एक सूचना प्रकाशित गरी साधारणसभाको मिति र बुक क्लोजको मिति तय गरेको हो । यस साधारणसभाबाट प्रस्तावित बोनस पारित गर्नेछ ।
बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्तापूँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५ रुपैयाँको १५ प्रतिशत (३३ करोड ६ लाख ३६ हजार ५ सय २१ रुपैयाँ) बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस