Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल अण्डामा आत्मनिर्भर

विहीबार, ०६ पुस २०७४, १५ : ११ मा प्रकाशित

नेपाल अण्डामा आत्मनिर्भर

अर्थ संसार, काठमाडौँ– सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो ।

सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ ।

गत वर्ष कूल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अण्डा उपलब्ध थियो । हाल सो उत्पादनमा झण्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भएको हो । आजभन्दा दुई वर्षपहिले पशुपन्छी विकास मन्त्रालयले ४० बुँदे प्रतिबद्धतापत्रमा ‘किसानको साथी’ अभियानबाट देशको ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराएपछि सो परिणाम प्राप्त भएको पशुपन्छी विकास मन्त्रालयको दाबी छ ।

गत तीन वर्षदेखि हाँस र कुखुराको अण्डामा लगातर उत्पादन वृद्धि भएको तथ्यांकमा उल्लेख छ । आव ०७०÷७१ मा हाँसको अण्डा एक करोड ३४ लाख तीन हजार ०७१/७२ मा एक करोड ३५ लाख ५४ हजार र ०७२÷७३ मा एक करोड ३९ लाख ६ हजार अण्डा उत्पादन भएको थियो ।

त्यसैगरी कुखुराको अण्डा ०७०/७१ मा ८५ करोड ९५ लाख १५ हजार, ०७१/७२ मा ८६ करोड ५९ लाख ४७ हजार र ०७२÷७३ मा एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अण्डा उत्पादन भई नेपाल अण्डामा आत्मनिर्भर भएको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो ।

हाल कुखुरा र हाँसको गरी प्रतिवर्ष एक अर्ब ३० करोड ४५ लाख ६२ हजार अण्डा उत्पादन हुन्छ । गत तीन वर्षपहिले ९० करोड अण्डा उत्पादन हुन्थ्यो ।

हाल बजारमा अण्डाको अभाव छैन । यद्यपि भारतको खुल्ला सिमानासँग जोडिएका तराईका २२ जिल्लामा भने भारतीय अण्डाको आयात रोकिएको छैन । नेपालमा अण्डा दिने कुखुराको सङ्ख्या एक करोड २३ लाख ५३ हजार ५१५ र हाँसको सङ्ख्या एक लाख ८० हजार ९२७ रहेको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको