Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुंगा डेभलपमेन्ट बैंकः नाफामा करिब २५%को वृद्धि, कस्तो छ अन्य सूचकको अवस्था ?

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, १३ : ०९ मा प्रकाशित

शाइन रेसुंगा डेभलपमेन्ट बैंकः नाफामा करिब २५%को वृद्धि, कस्तो छ अन्य सूचकको अवस्था ?

शाइन रेसुंगा डेभलपमेनट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

२४.८९ प्रतिशतले बढ्यो नाफा

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १९ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २४.८९ प्रतिशतले बढेको छ। 

 बढ्यो सञ्चालन मुनाफा र​ ब्याज आम्दानी

बैंकको सञ्चालन मुनाफा २०.०४ प्रतिशतले बढेर ३५ करोड २० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २९ करोड ३३ लाख रुपैयाँ थियो। ब्याज आम्दानी बढेर ६५ करोड ८८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ५१ करोड १३ लाख रुपैयाँ थियो।

वितरणयोग्य मुनाफा

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड २९ लाख रुपैयाँ थियो।

प्रतिसेयर आम्दानीमा बृद्धी

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.२३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १७.९० रुपैयाँ थियो।

पीई रेसियो/प्रतिसेयर नेटवर्थ

पीई रेसियो २४.८२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१.०३ रुपैयाँ रहेको छ।

खराब कर्जा

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) ३.५० प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल २.५९ प्रतिशत थियो।

निक्षेप संकलन/कर्जा लगानी

समीक्षा अवधिमा बैंकले ६६ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ६५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको