Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, १० : २७ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गरिनेछ।

यस्तै, बैठकले घोषित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश सेयरधनीहरूमा वितरण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको