अर्थ संसार, काठमार्डौं अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई बोनस सेयर दिन प्रस्ताव गरेको थियो । कम्पनीको आगामी पुस ३० गते हुने १४ औं वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरेर बोनस सेयर दिन लागिएको हो
। सञ्चालक समितिको प्रस्ताव अनुसार १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजीको ८ प्रतिशत बोनस साधारणसभाले पारित गर्ने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।
बोनस सेयर पाउने ५० हजार सेयरधनी छन् । कम्पनीले सुदुर पश्चिमको दार्चुलामा निर्माण गरेको ८.५ मेगावाटको नौगाड सञ्चालनमा छ । ८ मेगावाटको माथिल्लो नौगाड निर्माणको अन्तिम चरणमा छ भने २६ मेगावाटका सौर्य ऊर्जा प्रणाली आयोजनाका आयोजना अघि बढाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस