अर्थ संसार, पर्सा – स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ ।
क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहनुभएका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिनुभयो ।
उहाँले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरी पार्टीको उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका पूर्वमन्त्रीसमेत रहनुभएका चौधरी र पूर्व जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीसहित १२ जनालाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यता समेतबाट निलम्वन गर्न क्षेत्रीय समितिको बैठकबाट सर्वसहमत निर्णय गरेर पार्टी केन्द्रीय कार्यालयलाई सिफारिश गरिएको बताउनुभयो ।
क्षेत्रीय समितिको बैठकले पार्टीका उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका श्रीकृष्ण चौहान, ललन द्विवेदी, दिनेशकुमार चौधरी, शिव चौधरी, शैलेन्द्रप्रसाद यादव, ढेडीप्रसाद यादव, सिन्धु मेहता, रितनारायण चौधरी, रामजन पटवारी र वीरेन्द्र पाण्डेलाई कारबाही गर्न सर्वसहमत निर्णय गरेको क्षेत्रीय अध्यक्ष श्रीवास्तवले जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस