Like us!
Follow us!
Connect us!
Watch us!

बागलुङ कारागारमा रहेका ढोरपाटनका मेयरलाई पोखरा ल्याइयो, आजै अदालत उपस्थित गराइने

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, १० : ३२ मा प्रकाशित

बागलुङ कारागारमा रहेका ढोरपाटनका मेयरलाई पोखरा ल्याइयो, आजै अदालत उपस्थित गराइने

इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कास्की ल्याइएको छ । नेपालीलाई आजै पोखरा ल्याइएको  हो । 

इमेज सहकारीको झण्डै ६८ करोड रुपैयाँ ठगीको आरोप लागेकाले मेयर नेपालीलाई थप अनुसन्धानका लागि शनिबार पोखरा ल्याइएको हो। उनीविरुद्ध ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।

नेपालीलाई आज हिरासत म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ। उनीसँगै आज सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविराज जोशी र लीला पछाईंसँगै रामकुमार खनाललाई  कास्की जिल्ला अदालत उपस्थित गराइनेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको