Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको ५.८२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, ०७ : ४५ मा प्रकाशित

सूर्यज्योति लाइफको ५.८२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५ लाख ८२ हजार ८५८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त सेयर हाल केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आवेदन दिनुपर्ने छ । आवेदन दिँदा खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाउनु पर्नेछ ।

कम्पनीका अनुसार तोकिएको समयभित्र कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको