Like us!
Follow us!
Connect us!
Watch us!

दीपक मनाङे डिल्लीबजार जेल चलान

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १५ : ०१ मा प्रकाशित

दीपक मनाङे डिल्लीबजार जेल चलान

सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई डिल्लीबजार जेल चलान भएको छ । 

सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघि फैसलालाई नै सदर गर्दै उनीमाथि ५ वर्ष जेल सजाय हुने ठहर गरेसँगै उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतले डिल्लीबजार जेल चलान गरेको हो । 

२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।

मनाङेले २८ महिना कैद भुक्तान गर्नुपर्ने छ । उनलाई भएको ५ वर्षको सजायमध्ये दुईपटक गरेर ३२ महिना जेल बसिसकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको