Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतले सार्वजनिक गर्यो नाफा घटेको रिपोर्ट, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

विहीबार, २९ कार्तिक २०८१, १८ : ३१ मा प्रकाशित

राधी विद्युतले सार्वजनिक गर्यो नाफा घटेको रिपोर्ट, कस्ता छन् अन्य सूचक ?

राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

घट्यो खुद नाफा  

राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिमा तुलनामा ६.२२ प्रतिशत कम हो । यस कम्पनीले गत वर्ष ३ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

विद्युत बिक्री आम्दानी बढ्यो 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड १७ लाखबाट बढेर ३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । 

घट्यो वित्तीय आम्दानी र वित्तीय खर्च

यता, वित्तीय आम्दानी २ करोड ८१ लाखबाट घटेर १ करोड ७० लाख कायम भएको छ । उक्त आम्दानी घट्दा नाफामा दबाब परेको हो । वित्तीय खर्च ५९ लाखबाट घटेर ३१ लाख १७ हजार रुपैयाँमा झरेको छ । 

प्रतिसेयर आम्दानी र  प्रतिसेयर नेटवर्थ 

प्रतिसेयर आम्दानी ६.९६ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३३ रुपैयाँ रहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको