Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतले हकप्रद सेयर जारी गर्ने

अर्थ संसार

विहीबार, २७ मंसिर २०८१, १० : २९ मा प्रकाशित

राधी विद्युतले हकप्रद सेयर जारी गर्ने

राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशत हकप्रद जारी गर्ने कम्पनीले जनाएको छ। कम्पनीले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद जारी गरिने छ। कम्पनीको यो निर्णय विद्युत नियमन आयोगले स्वीकृति दिई साधारण सभाबाट पारित भएपछि हकप्रद बिक्री प्रक्रिया अघि बढ्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको